न्युजील्यान्डको मस्जिदमा आक्रमणः मृत्यु हुनेको संख्या ५० पुग्यो, ४८ जना घाइते

काठमाडौं, न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना मारिएका छन् भने थप ४८ जना घाइते भएका छन् ।

Zoom In Zoom Out Read Later Print

काठमाडौं, न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना मारिएका छन् भने थप ४८ जना घाइते भएका छन् । 

प्रहरी कमिस्नर माइक बुशले गोलीकाण्ड अत्यन्तै निन्दनीय भएको बताए । यस हत्याका लागि एक व्यक्तिलाई अभियोग लगाइएको उनले बताए ।

पीडितहरूका बारेमा बोल्दै बुशले भने, ‘हाम्रो माया र सम्झना पीडित तथा उनका परिवार, इष्टमित्र र प्रियजनप्रति व्यक्त गर्छौं । हाम्रा कर्मचारीले सबैको सुरक्षाको सुनिश्चितता गरिरहेका छन् । प्रहरीले मानिसहरूलाई सुरक्षित पार्नका लागि सबै प्रयास गरिरहेका छन् ।’

प्रहरीले दुवै घटनास्थलबाट थुप्रै बन्दूकहरू बरामद गरेको बुशले बताए ।पक्राउ परेका चारै व्यक्तिमध्ये कोही पनि आतंकवादी निगरानी सूचीमा नरहेको उनले बताए । आक्रमण कुनै अन्य आतंकवादी षड्यन्त्रसँग नजोडिएको उनको भनाइ छ ।