नारी दिवसको माग : नागरिकताको विभेद र छाउगोठ भत्काउँ, ३४ औंबाट विश्वको पहिलो बनौं

सन् १९०६ अर्थात विक्रम संवत १९६३ मा क्लारा जेटि्कनको नेतृत्वमा अमेरिकाको सिकागो शहरमा महिला समानताको माग राख्दै प्रदर्शन भइरहँदा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा योगमाया न्यौपाने सामाजिक विद्रोह गरेर राणा शासकलाई चुनौति दिँदै थिइन् ।

Zoom In Zoom Out Read Later Print

२४ फागुन, काठमाडौं । सन् १९०६ अर्थात विक्रम संवत १९६३ मा क्लारा जेटि्कनको नेतृत्वमा अमेरिकाको सिकागो शहरमा महिला समानताको माग राख्दै प्रदर्शन भइरहँदा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा योगमाया न्यौपाने सामाजिक विद्रोह गरेर राणा शासकलाई चुनौति दिँदै थिइन् ।

सन् २०१६ अर्थात विक्रम संवत २०७३ मा अमेरिकी राष्ट्रपति उम्मेदवार बनेकी चर्चित राजनीतिक महिला हिलारी क्लिन्टनलाई सायद महिला भएकै कारण (त्यसबेला लेखिएको थियो) अमेरिकी समाजले अश्वीकृत गरेका बेला नेपालको राष्ट्रपतिमा महिला नेत्री विद्या भण्डारी निर्वाचित भएकी थिइन् ।

संयोग नै मान्नुपर्छ महिलाको निम्ति पहिलोपटक संगठित आवाज उठाउने योगमान न्यौपाने र महिला समानताको निम्ति संसदमा संघर्ष गर्ने विद्या भण्डारी दुवै चेलीलाई जन्माउने जिल्लो भोजपुर नै थियो । योगमायाले नेपाली महिलाले अधिकार पाएको देख्न नपाई सामुहिक जलसमाधी लिइन् ।

विद्या भण्डारीले महिला अधिकारको पक्षमा लडेको प्रतिफल आफैले उपभोग गर्ने अवस्थामा पुगिन् । अंश र वंशमा महिलाको समान हकको लडाइ लगेकी विद्या भण्डारीले अंशमा छोरीको हक संसदबाट स्थापित गराउने श्रेय पाए जस्तै वंशमा (नागरिकता) समानता कायम गराउन सेरेमोनियल ठाउँबाट खेल्ने भूमिका के होला ?

संयुक्त राष्ट्रसंघको महिला सम्बन्धी उच्च आयोग अर्थात कमिसन अन द स्टाटस अफ उमेनको ६३ औं सेसनमा भाग लिन जाने पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि यी प्रश्न उठाउन नपर्ने गरि संसदले निकास दिने अपेक्षा गरिएको छ । केही दफामा रहेका असन्तुष्टि सम्बोधन भएमा बिधेयक प्रमाणिकरण गर्ने बेला राष्ट्रपतिलाई महिला भएकोमा गर्व होस ।