साउथ फिल्मका कमेडि किङ ब्रम्हानम्दन घण्टामा लाखौँ कमाउँछन्, उनको कमाई सुनेर तपाई छक्क पर्नुहुनेछ

दक्षिण भारतीय फिल्मका हरेक पर्दामा छाउने हास्य कलाकारलाई तपाईंले नचिन्ने कुरै भएन । उनको नाम हो ब्रम्हानन्दम ।

Zoom In Zoom Out Read Later Print

दक्षिण भारतीय फिल्मका हरेक पर्दामा छाउने हास्य कलाकारलाई तपाईंले नचिन्ने कुरै भएन । उनको नाम हो ब्रम्हानन्दम ।

ब्रम्हानन्दम यति लोकप्रिय छन् की उनलाई नराखी निर्देशकहरुले फिल्मनै बनाउँदैनन् भन्दा पनि हुन्छ । हरेक निर्देशक उनलाई फिल्ममा राख्न खोज्छन् ।  शायद यही कारण ब्रम्हानन्दमले हजार भन्दा धेरै फिल्म खेलिसकेका छन् र कमाइ पनि राम्रै गरेका छन् । उनले २४ घण्टामा ८ लाख भन्दा धेरै कमाएका छन् ।

ब्रम्हानन्दम कलेजमा साथीभाईलाई हसाउने काम गर्थै । उनको पारिवारिक अवस्था कमजोर भएका कारण उनी एक मात्र एम ए गर्ने सदस्य हुन् परिवारका । उनको भाग्य तव खुल्यो जब एक तामिल डाइरेक्टरले उनलाई फिल्ममा खेल्ने अवसर प्रदान गरे । उनको कामबाट प्रभावित भएर निर्देशकले उनलाई दोस्रो फिल्ममा पनि अवसर प्रदान गरे । ब्रम्हानन्दमको भाग्य खुल्न पुग्यो त्यसपछि उनले पछाडि फर्कनु परेको छैन ।

उनी यति चर्चित भएकी उनले थुप्रै अवार्ड र सम्मानहरु पाए । उनले गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि नाम लेखाएका छन् । उनले एकै भाषामा ७०० भन्दा धेरै फिल्म खेलेका कारण पाएका हुन् । जुन अहिलेसम्म उनकै नाममा छ ।