वायु प्रदूषणकै कारण नेपालमा ३५ हजार मानिसको मृत्यु

वायु प्रदूषणले नेपालमा कस्तो असर पुर्याइरहेको छ भन्ने कुरा हालै सार्बजनिक भएको एक तथ्याकंले स्पष्ट पारेको छ ।

Zoom In Zoom Out Read Later Print

काठमाडौं । वायु प्रदूषणले नेपालमा कस्तो असर पुर्याइरहेको छ भन्ने कुरा हालै सार्बजनिक भएको एक तथ्याकंले स्पष्ट पारेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) गरेको एक कार्यक्रममा नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको बताइयो ।

विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ ।

प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताए ।

नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गरे ।