२३ जुवाडे पक्राउ

.

Zoom In Zoom Out Read Later Print
फिदिम । पाँचथर सदरमुकाम फिदिम बजारको एक घरमा जुवा खेलिरहेका २३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलिले गएराती उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट दुई लाख ४७ हजार नौ सय रुपैँया समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रोहनराज अर्यालले जानकारी दिए । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गर्ने तयारी भईरहेको छ । 

पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । अनुसन्धान भईरहेकाले नाम सार्वजनिक नगरिएको अर्यालको भनाई छ । फिदिममा सञ्चालित समर्पित अस्पतालका सञ्चालक, फिदिम नगरपालिकाका एक कर्मचारी, राजनीतिक दलका नेता, फिदिम माविका एक शिक्षक, निर्माण व्यवसायी, सवारी चालक लगायतलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।