लायन्स क्लब अफ इटहरी सिटीद्धारा सिराहामा बृक्षारोपण

.

Zoom In Zoom Out Read Later Print
सिराहा । लायन्स क्लब अफ इटहरी सिटिले सिराहाको बिभिन्न ठाउहरुमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ ।

 लायन कृष्टिना थापाको संयोजकत्वमा सिराहाको श्रि आधारभुत बिद्यालय कैलासपुर एवम  ग्रिन पार्क लगायत ठाउहरुमा बृक्षारोपण गरेको इटहरी सिटिका अध्यक्ष लोकेन्द्र ढकालले बताए । बातावरणलाई स्वच्छ बनाउनका लागि बृक्षारोपण कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भएकाले सो अवशरमा  एक सय पचास बढि बिभिन्न जातका बिरुवाहरु रोपिएको लायन्सले जनाएको छ । 

 उक्त ठाउहरुमा बिभिन्न जातका बोटबिरुवाहरु रोपिएको लायन कृष्टिना थापाले बताइन । सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यपक लोक बहादुर खडका, सह प्रधानाध्यापक अमर लामा लगायतले लायन्स क्लब इटहरी सिटीले गरेको कामको पुक्त कंठले प्रसंसा गरेका थिए । सामाजिक उत्तर दायित्व अन्र्तगत लायन्सले उक्त कार्यक्रम आयोजना गरेको लायन थापाले बताइन ।