फिदिमकी एक युवतीलाई कोरोना संक्रमण भएको पुष्टि

.

Zoom In Zoom Out Read Later Print
फिदिम । पाँचथर बहुमुखि क्याम्पसको क्यारेन्टिनमा रहेकी एक युवतिलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।  फिदिम नगरपालिका १ घर भएकी ति युवती कुबेतबाट आएकी हुन् । 

जेठ ३१ गतेदेखि उनलाई  फिदिम नगरपालिका ४ मा रहेको क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।  बिराटनगरमा रहेको १ नम्बर प्रदेशको  ल्याबमा पीसीआर परीक्षण गर्दा ती युवतिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । 

‘क्याम्पसको क्वारेन्टिनमा रहेका चार जनामध्ये एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो,’ सुवेदीले भने ‘बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’  यअघि पाँचथर जिल्लाभित्र संक्रमित भेटिएको थिएन ।