पाँचथरका पत्रकार सहित ११८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

.

Zoom In Zoom Out Read Later Print
फिदिम । पाँचथरका एक सय १८ जनाको पीसीआर  रिपोर्ट नेगेटिभ आएको छ । अग्रपंतिमा रहेर काम गर्ने आठ पत्रकार सहित स्वास्थकर्मी र  सुरक्षाकर्मीको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएको थियो । पीसीआर परीक्षण गराएका  सबैको  रिपोर्ट नेगेटिभ आएको हो ।

 मंगलबार  संकलन गरीएको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । परीक्षणका लागि स्वाब दिएका एक सय १८ जनाकै पीसीआर रिपोर्ट  नेगेटिभ आएको स्वास्थ्य  कार्यालय पाँचथरका प्रमूख नारद सुवेदीले जानकारी दिए । 

मंगलबार नै परीक्षण गराएका एक सय ३५ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो । पाँचथरमा  अहिलेसम्म कोरोना संक्रमण भएका ब्यक्ति नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।