हेँवा आर्यघाटमा नेबिसंघले जलायो ओली र मोदीको पुत्ला

.

Zoom In Zoom Out Read Later Print
फिदिम । नेपाल विद्यार्थी संघ पाँचथरले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भूमी हडप्दापनि सरकार नबोलेको भन्दै नेविसंघले बुधबार दिउँसो हेँवाखोलाको आर्यघाटमा दुई देशका प्रधानमन्त्रीको पुत्ला एकैसाथ जलाएको हो ।



बजारमा ओली र मोदीको पुत्ला बनाएर पुत्ला यात्रासहित अत्यष्टिका लागी  आर्यघाट लगिएको नेबिसंघ पाँचथरका अध्यक्ष तुलसी आचार्यले बताए । ‘पुत्ला यात्रासहित आर्यघाटमा पुगेर अत्यष्टि गरिएको हो,’ आचार्यले भने ‘मिचाहा छिमेकी देशका प्रधानमन्त्री मोदी र सिमा मिच्दा पनि नबोल्ने प्रधानमन्त्री ओली हामीलाई चाहिएको छ्रैन् ।


 
पुत्ला दहन कार्यक्रममा विद्यार्थीहरुले नाराबाजी समेत गरेका थिए । उनीहरुले लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत मिचिएका भू–भाग तत्काल फिर्ता नगरे आन्दोलनको आँधीभेरी ल्याउने घोषणा गरेका छन् ।