काँग्रेस ईलामका सचिब खड्गी र नेबिसंघ अध्यक्ष भट्टराई पक्राउ

.

Zoom In Zoom Out Read Later Print
पाँचथर । भारतले हडपेको नेपाली भूमी फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली काँग्रेस ईलामका सचिब निरोज खड्गी र नेपाल विद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

 सदरमुकाम ईलामको चोक बजारमा बिरोध प्रदर्शन गर्दै कोणसभा गर्ने क्रममा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रियताको पक्षमा बिरोध प्ररदर्शन गर्दा प्रहरीले हस्तक्षेप गर्दै खडगी र भटटराईलाई पक्राउ गरेपछि काँग्रेसका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

उनीहरुले आफना कार्यकर्ता तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । काँग्रेसका दुईजना कार्यकर्ता पक्राउ परेपछि आक्रोशित भिड बढ्ने आँकलन गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो रुपमा इलाम बजारमा परिचालन गरेको छ  । शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घघाटन गरेसँगै सडकदेखि सदनसम्मै त्यसको विरोध भएको हो ।