पाँचथरको याङवरकका एक पुरुषमा आरडीटी पोजेटिभ

.

Zoom In Zoom Out Read Later Print
फिदिम । पाँचथरको याङवरक गाँउपालिका ६ का एक पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ । गणेश माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका २४ बर्षिय पुरुषमा आरडीटी पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । 

१३ दिनअघि काठमाण्डौबाट आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीसँग क्वारेन्टानमा बसेका थप ११ जनालाई  सदरमुकाम फिदिम ल्याइएको छ । उनीहरुको स्वाब परीक्षणका लागि बिराटनगर पाठाउने तयारी भएको बताईएको छ । आजदेखि काठमाण्डौबाट घर आएकाहरुको आरडीटी परीक्षण सुरु गरिएको छ ।